तेस्राे पटक म्याद थप भएपछि रवि समर्थकले आजपनि विरोध गर्ने

पाेखरा | कात्तिक २१, २०८१

तेस्राे पटक म्याद थप भएपछि रवि समर्थकले आजपनि विरोध गर्ने

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गर्ने भएको छ ।

 

लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा प्रदर्शन गरिने केन्द्रीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए । 

 

उनका अनुसार आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकमा उक्त कार्यक्रम हुँदैंछ ।

 

यस्तै पार्टीको निर्देशन अनुसार विभिन्न जिल्लामा समेत विरोध कार्यक्रमको तयारी भइरहेको छ ।

 

मंगलबार तेस्रो पटक कास्की जिल्ला अदालत पेश गरिएका लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान  गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित बनेका हुन् ।

 

हिजो भएको प्रर्दशनको क्रममा ११ जना रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बेलुकी छाडिएको थियो।

 

 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्